पुरुष कर्मचारीका आमाबुबा, श्रीमती तथा २१ वर्ष नपुगेका दुई सन्तानले सहुलियत पाउँछन्। महिला कर्मचारीले आमाबुबा/सासुससुरा, श्रीमान् तथा २१ वर्ष नपुगेका दुई सन्तानमध्ये तोकिएबमोजिम एक पक्ष रोजी दर्ता गर्न सक्नेछन्। दर्तापछि पक्ष परिवर्तन गर्न मिल्दैन। एकपटकमा जतिसुकै सन्तान जन्मिए पनि एक सन्तानका रूपमा गणना हुनेछ।