बारम्बार सोधिने प्रश्नहरू

१. वेबसाइटको गृह पृष्ठमा रहेको "हाम्रा सेवाहरू" अन्तर्गत "ओपिडी तालिका/अनलाइन टिकट बुकिङ" छनोट गर्नुहोस्। २. डाक्टर/विभाग छनोट गर्नुहोस् वा खोज्नुहोस्। ३. डाक्टरको उपलब्ध समय छनोट गर्नुहोस्। ४. ओटीपी प्रयोग गरी प्रणालीमा लगइन गर्नुहोस्। ५. डाक्टरको उपलब्ध टोकन हेरेर टिकट बुकिङ प्रक्रिया अघि बढाउनुहोस्। ६. बिरामीको विवरण प्रविष्ट गर्नुहोस्। ७. क्रमशः अघि बढ्नुहोस्। ८. भुक्तानीका लागि प्रणालीमा उपलब्ध भुक्तानी सेवा प्रदायक छनोट गर्नुहोस्। ९. ओटीपी राखी भुक्तानी गरेपछि अनलाइन टिकट प्राप्त गर्न सकिन्छ।

बिहान ७ बजेदेखि टिकट काउन्टरबाट डाक्टरको पालो र कोटा बमोजिमको टिकट काटिन्छ। कुन डाक्टरको पालो कहिले पर्छ निजामती कर्मचारी अस्पतालको वेवसाइटको सेवाहरू अन्तर्गत ओपिडी तालिकाबाट हेर्न सकिन्छ।

शनिबार ओपिडी सेवा र अस्पताल प्रशासन बन्द रहन्छ अन्य सेवाहरु यथावत रहन्छन्।

कार्डेक्स र फार्मेसी विवरण प्रशासकीय भवनको माथिल्लो तल्लामा रहेको मेडिकल रेकर्ड युनिटमा निवेदन दिएर प्राप्त गर्न सकिन्छ।

विपन्न नागरिक सेवा प्रशासकीय भवनको कोठा नम्बर २१२ मा रहेको सामाजिक सेवा इकाइबाट प्राप्त गर्न सकिन्छ।

प्रशासकीय भवनको कोठा नम्बर २०७ मा रहेको सूचना प्रविधि शाखामा सम्पर्क गर्नुहोस्।

स्वास्थ्य बीमा सुविधाहरू हाल यो अस्पतालमा लागू छैन।