आइतबार निजामती कर्मचारीहरूका लागि ओ.पी.डी सञ्चालन हुने सम्बन्धी सूचना

आइतबार निजामती कर्मचारीहरूका लागि ओ.पी.डी सञ्चालन हुने सम्बन्धी सूचना
(ग्रीन टिकट डे)

निजामती कर्मचारी अस्पतालले २०८३/०५/०७ गतेदेखि प्रत्येक आइतबार बिहान ९:०० देखि दिउँसो १:०० बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित ओ.पी.डी सेवा सञ्चालन गर्ने भएकाले जानकारीको लागि अनुरोध छ।

  • लागु हुने मिति: २०८३/०५/०७ देखि प्रत्येक आइतबार
  • समय: बिहान ९:०० देखि दिउँसो १:०० बजेसम्म
  • टिकट दर्ता गर्ने समय: बिहान ९ बजे देखि मध्यान्ह १२ बजे सम्म
  • लक्षित वर्ग: निजामती कर्मचारी तथा परिवार
  • सेवाहरू: इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजी
  • अन्य विशिष्टीकृत सेवाहरू आगामी दिनमा थप गरिनेछ।