रोष्टर कायम गर्ने प्रयोजनका लागि परीक्षा कार्यक्रम सम्बन्धी सूचना
परीक्षा कार्यक्रम
निजामती कर्मचारी अस्पतालको मिति २०८३।०४।११ र २०८३।०४।१५ मा प्रकाशित सूचनाबमोजिम देहायका पदहरूको रोष्टर कायम गर्न आवेदन दिएका आवेदकहरूको परीक्षा कार्यक्रम निम्नबमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसिल
| क्र.सं. | पद | परीक्षा मिति | परीक्षा समय | परीक्षा स्थान |
|---|---|---|---|---|
| १ | मेडिकल अफिसर | २०८३।०४।३१ | बिहान ९:००–१०:०० बजेसम्म | एकेडेमिक भवन, निजामती कर्मचारी अस्पताल |
| २ | स्टाफ नर्स | २०८३।०४।३१ | बिहान १०:३०–११:३० बजेसम्म | एकेडेमिक भवन, निजामती कर्मचारी अस्पताल |
| ३ | ल्याव टेक्निसियन | २०८३।०४।३१ | दिउँसो १२:००–१:०० बजेसम्म | एकेडेमिक भवन, निजामती कर्मचारी अस्पताल |
नोट:
१. परीक्षामा वस्तुगत बहुवैकल्पिक प्रश्न (MCQ) समावेश हुनेछन्।
२. परीक्षार्थीहरू निर्धारित परीक्षा समयभन्दा ३० मिनेट अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ।
३. परीक्षार्थीहरूले आफ्नो परिचय खुल्ने नागरिकता, ड्राइभिङ लाइसेन्स, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा राहदानी मध्ये कुनै एक सक्कल कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।