नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ।



"व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन" भन्ने नाराका साथ १९ औं निजामती सेवा दिवश२०७९ को उपलक्ष्यमा ३ दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम हुप्सेकोट गाँउपालिका नवलपरासी (बर्दघाट सुस्तापुर्व) मा मिति २०७९।५।१० देखि १२ गते सम्म सञ्चालनमा रहेको। उक्त निशुल्क स्वास्थ्य शिविरलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव मधुकुमार मरासिनीले उदघाटन गर्नु भएको थियो। निजामती कर्मचारी अस्पताल विकास समितिको मिति २०७९।०४।१० को १०९ औ बैठकले यस बर्षको निजामती सेवा दिवसको उपलक्ष्यमा आर्थिक तथा सामाजिक रुपले पछि परेका तराई र पहाडका दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भए बमोजिम तथा निजामती सेवा दिवस, २०७९ को कार्यक्रम सफल पार्न गठित रक्तनान तथा निशुल्क स्वास्थ्य शिविर व्यवस्थापन समितिको नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निजामती कर्मचारी अस्पताल र हुप्सेकोटको गाँउपालिकाको आयोजना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय तथा प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र भरतपुर अस्पतालको सहयोग सम्पन्न भएको छ।उक्त शिविरमा निजामती कर्मचारी अस्पतालका बहु विधाका चिकित्सक, प्राविधिक तथा प्रशासनिक कर्मचारी गरी ४० जनाको टोली, भरतपुर अस्पतालका चिकित्सक सहितको १४ जनाको टोलीले शिविरमा आएको नागरिकहरुको उपचार गरेका थिए।यस शिविरमा महिला १२७१ र पुरुष ९०३ गरी २१७४ जना नागरिकलाई विभिन्न रोगको स्वास्थ्य परिक्षण गरिएको थियो।उक्त शिविरमा अर्थोपेडिक, जनरल तथा फेमिली मेडिसिन, ईन्टरनल मेडिसिन, स्त्री तथा प्रसुती, सर्जरी, बाल, छाला, नाक, कान, घाँटी, मुटु, आखाँ, ग्याष्ट्रिक, रेडियोलोजी, दिर्घकालिन दुखाई व्यवस्थापन, फिजियोथेरापी, एक्सरे, ल्याव विधाका विज्ञ चिकित्सक तथा प्राविधिकहरुद्वारा सेवा प्रदान गरिएको थियो।

शिविरमा परिक्षण गरिएका विषयहरुः 

युएसजीः ५१५ जना

ईसीजीः २७२ जना

मेडिसिनः ६४२ जना

ईएनटीः १६९ जना

छालाः २८९ जना

सर्जरीः १३७ जना

बालरोगः१०६ जना

आखाः ३५९ जना

दातरोगः ८३ जना

अर्थोपेडिकः ५०३ जना

स्त्री तथा प्रसुती रोगः ३६५ जना

फिजीयोथेरापीः १६६ जना

ल्याव टेस्टः ४२० एक्सरेः २६६