नेपाल सरकार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको आवश्यकता
सम्बन्धी
सूचना
प्रथम पटक प्रकाशन मितिः २०८१।१०।१०
निजामती
कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ को दफा ६ बमोजिम अस्पतालको कार्यकारी
निर्देशकको पदमा नियुक्तिका लागि ऐ. दफा र निजामती कर्मचारी अस्पताल (कार्यकारी
निर्देशकको नियुक्ति, काम, कर्तव्य, अधिकार र सेवा सुविधा)
विनियमावली, २०७७ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरुले वेबसाइटमा राखिएको
विस्तृत सूचनामा उल्लेख भएका विवरणहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५
(पन्ध्र) दिनभित्र कार्यालय समयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको
कर्मचारी कल्याण शाखामा सिलबन्दी खामभित्र व्यावसायिक कार्ययोजना संलग्न गरी आवेदन
दस्तुर वापत रु. ५,०००।– (पाँच हजार रुपैयाँ) जम्मा गरेको सक्कल भौचर सहित आवेदन
पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवेदनको
ढाँचा र संलग्न हुनुपर्ने कागजातहरुः
क) मन्त्रालय
र निजामती कर्मचारी अस्पतालको वेबसइट www.mofaga.gov.np र
www.csh.gov.npमा उल्लेखित ढाँचाको आवेदन।
ख) नेपाली
नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
ग) शैक्षिक
योग्यता, तालिम एवं देहायका अन्य कागजातहरूको प्रतिलिपि-
1. नेपाल
सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सा शास्त्र वा अस्पताल
व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको प्रमाणपत्र ।
2. चिकित्साशास्त्र
वा अस्पताल व्यवस्थापन विषयमा विद्यावारिधि वा सो सरहको उपाधि हासिल गरेको भए सोको
प्रमाणपत्र ।
3. मान्यता
प्राप्त संस्थाबाट अस्पताल प्रशासन वा अस्पताल व्यवस्थापन सम्बन्धी विषयमा तीस कार्य
दिनको तालिम लिएको भए सोको विवरण र प्रमाणपत्र ।
4. अस्पताल
व्यवस्थापन सम्बन्धी विषयमा Index Journal मा आवेदकले
अनुसन्धानमूलक लेख प्रकाशित गरेको भए सोको प्रमाण खुल्ने कागजात ।
घ) ४५ वर्ष
उमेर पुरा भएको ।
ङ) ६५ वर्ष
उमेर ननाघेको ।
च) मान्यता
प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन विषयमा
स्नातकोत्तर उपाधि हासिल गरी चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन क्षेत्रमा
कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कार्य गरेको कार्य अनुभव
खुल्ने कागजात एवं विवरण ।
छ) अस्पतालको
व्यवस्थापन, सञ्चालन, विकास र विस्तारका सम्बन्धमा पाँच हजार शब्दमा नबढाई
नेतृत्वदायी भूमिका सहितको चार वर्षको व्यावसायिक कार्ययोजनाको सिलबन्दी खाम ।
ज) सरकारी
सेवा, अन्य सार्वजनिक सेवा वा सङ्गठित संस्थामा कार्यरत स्थायी कर्मचारीले आवेदन
दिन चाहेमा विभागीय स्वीकृति पत्र ।
झ) आवेदन
दस्तुर वापत रू. ५,०००।– (पाँच हजार रुपैयाँ) निजामती कर्मचारी अस्पतालको कृषि
विकास बैंक लिमिटेड, नयाँ बानेश्वर शाखामा रहेको बैंक खाता नं. 0210200053783017
मा जम्मा गरको रसिद/बैंक भौचर ।
पुनश्च:-
(1) आवेदन
बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र बुझाउन
सकिनेछ।
(2) आवेदनसाथ पेश
गरेको सिलबन्दी खाम बाहिर अनिवार्य रुपमा “निजामती कर्मचारी
अस्पतालको कार्यकारी निर्देशक पदका लागि व्यावसायिक कार्ययोजना” भनी उल्लेख
गर्नुपर्नेछ ।
(3)
अन्तर्वार्ताका लागि छनौट गरिएका उम्मेद्वारहरुले आवेदनसाथ पेश गरेका प्रमाणपत्र
तथा कागजातहरुको सक्कल प्रति अन्तर्वार्ता अगावै पेश गर्नुपर्नेछ ।
(4) यस सूचनाका
सम्बन्धमा थप जानकारी आवश्यक परेमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको
कर्मचारी कल्याण शाखामा सम्पर्क राख्न सकिनेछ ।